महेश वस्नेतविरुद्ध उजुरी ः प्रहरीले थाल्यो अनुसन्धान
कार्तिक १४, २०८०, मङ्गलबार | दिउँसो ०३:०९ बजे | 35
काठमाडौँ । पूर्वमन्त्री महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी परेका छ । पत्रकारलाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । बेल्जियममा बसेर पत्रकारिता गर्दै आएका ओम शर्माले बस्नेतविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । बस्नेत नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य सदस्य हुन् । रातोपाटी