कौशलटारको टहराबाट १५ जुवाडे एकलाख वढी नगदसहित पक्राउ
कार्तिक १३, २०८०, सोमबार | विहान ०५:१३ बजे | 35
भक्तपुर । भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा नं. ३ कौशलटारस्थित सोहीस्थान. बस्ने बर्ष ४८ को ईन्द्रबहादुर श्रेष्ठको टहरामा जुवातास खेलिरहेको छ भन्ने सूचना प्राप्त हुनसाथ, जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिइ गई टहरामा छापा मार्दा पैसाको हारजित हुने गरी जुवा (तास) खेलिरहेको अवस्थामा चौध (१४) बुक तास सहित नगद रु. १,०४,६५०।–(एक लाख चार हजार छ सय पचास) रुपैंया बरामद गरी निम्न नामथर वतन भएका १५ जना मानिसहरुलाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
निम्नः–
१. जिल्ला सिन्धुली गोलन्जोर गाँउपालिका घर भई हाल भक्तपुर कौशलटार बस्ने बर्ष ५६ को कुमार बराल ।
२. जिल्ला दोलखा जिरी नगरपालिका वडा नं. ८ घर भई हाल भक्तपुर बालकोट बस्ने बर्ष ४३ को बाबुराम खड्का ।
३. जिल्ला काभ्रेपलान्चोक रोशी गाँउपालिका वडा नं. १ घर भई हाल काठमाण्डौं जिल्ला कोटेश्वर बस्ने बर्ष ५० को बुद्धिलाल स्याङतान ।
४. जिल्ला भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं. ३ बस्ने बर्ष ३० को राम गोपाल कुटु ।
५. जिल्ला काभ्रेपलान्चोक माहाभारत गाँउपालिका वडा नं. ६ घर भई हाल भक्तपुर लोकन्थली बस्ने बर्ष ४६ को क्षेत्र ब. मोक्तान ।
६. जिल्ला रामेछाप दोरम्बा गाँउपालिका वडा नं. ३ घर भई हाल भक्तपुर कौशलटार बस्ने बर्ष ५१ को शेर ब. थापा मगर ।
७. जिल्ला काभ्रेपलान्चोक तिमाल गाँउपालिका वडा नं. ७ घर भई हाल भक्तपुर लोकन्थली बस्ने बर्ष ६० को लालमान तामाङ ।
८. जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका वडा नं. ४ घर भई हाल भक्तपुर कौशलटार बस्ने बर्ष ५१ को ईश्वर भुजेल ।
९. जिल्ला काभ्रेपलान्चोक धुलिखेल नगरपालिका वडा नं. ४ घर भई हाल भक्तपुर बालकोट बस्ने बर्ष ३९ को अभिशेक आचार्य ।
१०. जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ४ बालकोट बस्ने बर्ष ३२ को अर्जुन चौलागाई ।
११. जिल्ला भोजपुर अरुण गाँउपालिका वडा नं. २ घर भई हाल भक्तपुर कौशलटर बस्ने बर्ष ४८ को ईन्द्र ब. श्रेष्ठ ।
१२. जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं. १० घर भई हाल भक्तपुर कौशलटार बस्ने बर्ष ५९ को अर्जुन घोरासैनी ।
१३. जिल्ला काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा नं. १ घर भई हाल भक्तपुर कौशलटार बस्ने बर्ष ३८ को सुरज तामाङ ।
१४. जिल्ला काभ्रेपलान्चोक धुलिखेल नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुर कौशलटार बस्ने बर्ष ५० को रबिन श्रेष्ठ ।
१५. जिल्ला भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं. ३ कौशलटार बस्ने बर्ष ४१ को सानुकाजी प्रजापती ।