“सामुहिक रुपमा जवरजस्ती करणी गर्ने पक्राउ”
असोज १८, २०७७, आइतबार | दिउँसो ०३:०२ बजे | 45
मिति २०७७र०६र१६ गते विहान अन्दाजी ११ः०० बजेको समयमा काठमाण्डौको रत्नपार्क स्थितमा पानीमा लठ्याउने औषधी मिसाई खान दिई १७ बर्षिया किशोरीलाई रत्नपार्कबाट भक्तपुर सम्म बसमा चढाएर ल्याई २०७७र०६र१७ गते विहान अन्दाजी १०ः०० बजेको समय सम्म भक्तपुर जिल्ला सुर्यविनायक स्थितमा नम्बर नखुलेको बस भित्र जवरजस्ती करणी गरी ऐ.मितिको ११ः०० बजेदेखी रातको २१ः३० बजेको समय सम्म भक्तपुर जिल्ला चाँगुनारायण न.पा. वडा नं. ८ लिवाली स्थित रहेको तवियाखुशी खोलाको किनारमा पार्किङ गरी राखेको बा. ३ ख. २६१२ नं. को बस भित्र निज किशोरीलाई जवरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुरबाट खटिएको प्रहरी टोलीले निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई मिति २०७७र०६र१८ गते भक्तपुर जिल्ला अदालतमा पेश गरी जवरजस्ती करणी सम्बन्धी कसुरमा दिन ७ (सात) म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको साथै घटनामा संलग्न रही हाल फरार रहेका प्रतिवादीको खोजतलास भईरहेको ।
निम्नः(
१) जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. १० बस्ने बर्ष २२ को निर कुमार खड्का ।
२) ऐ. जुगल गा.पा. ४ पाङताङ बस्ने बर्ष २१ को सुर्य श्रेष्ठ ।