भक्तपुर प्रहरीद्धारा लागूपदार्थका सञ्जालकर्ताहरु पक्राउ
असोज ३०, २०८०, मङ्गलबार | विहान ०७:२६ बजे | 40
भक्तपुर । असोज ६ गते राति आठ बजेको समयमा भक्तपुर नगरपालिका वडा नं. २ सानोव्यासी औद्योगिक क्षेत्र अगाडि जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको चेकिङ टोलीले विभिन्न सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा देकोचाबाट कालोपाटीमोडतर्फ जाँदै गरेको बा. प्रदेश ०२–०३४ प. २३२५ नं. को स्कुटी चालक जिल्लाकै सूर्यविनायक नगरपालिका वडा नं. ६ सूर्यविनायक बस्ने वर्ष २८ को सुशान्त अवालको स्कुटीको डिकीबाट नोर्फिन – ४५ एम्पुल, डाईजोपाम – ४५ एम्पुल, फेनेरागन – ४५ एम्पुल, प्रयोग नभएको सिरिन्ज – १ थान र प्रयोग भएको सिरिन्ज – ६ थान लागू औषध फेलापारी स्कुटी सहित नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखिएको थियो । त्यसबारे थप अनुसन्धान कार्य गर्दा सोमबार तीन बजेको समयमा जिल्लाकै मध्यपुर ठिमी नगरपालिका वडा नं.३ बाट सप्तरी बोदेबसैन नगरपालिका वडा नं. ६ घर भई हाल काठमाण्डौं गौशला बस्ने बर्ष २६ को कृष्णकुमार दास र सप्तरी बलानव्युल गाँउपालिका वडा नं. २ घर भई हाल काठमाण्डौं सिनामंगल बस्ने बर्ष २७ को दिपेन्द्रकुमार यादवलाई विभिन्न लागूपदार्थसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अनुसन्धान गर्दा सगैँ काम गर्ने सप्तरी बोदेबसैन नगरपालिका वडा नं. ६ घर भई हाल काठमाण्डौं सामाखुसी बस्ने वर्ष ३९ को जितेन्द्रकुमार रमनलाई नियन्त्रणमा लिई प्रहरी परिसर भक्तपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।