च्याम्हासिंहमा दुर्घटना ः ७० वर्षकी नक्कली प्रजापतिको मृत्यु


असोज २७, २०८०, शनिबार | विहान ०६:०५ बजे | 10


च्याम्हासिंहमा दुर्घटना ः ७० वर्षकी नक्कली प्रजापतिको मृत्यु

भक्तपुर नगरपालिका वडा नं.९ च्यामासिंहमा कमलबिनायकबाट च्यामासिंहतर्फ आउदै गरेको बाग्मती प्रदेश ०२–०१४ प ३३८७ नं को पल्सर मोटरसाइकलले पैदलयात्री भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ९ च्यामासिंह बस्ने वर्ष ७० की नक्कली प्रजापतीलाई ठक्कर दिदाँ गम्भिर घाईते भई उपचारको लागि ख्वप अस्पताल च्यामासिंह भक्तपुर लगेकोमा थप उपचारको लागि मध्यपुर अस्पताल ठिमीमा रिफर गरेको र पछि उपचारकै क्रममा मृत्यू भएको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ४ झौखेल बस्ने बर्ष १८ को उज्वल भडेललाई प्रहरी वृत्त जगाती भक्तपुरमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।  

Comments