इटापाकेमा गाडी पल्टियो ः झौखेलका एकजना पुरुष घाइते


असोज २७, २०८०, शनिबार | विहान ०२:५७ बजे | 35


इटापाकेमा गाडी पल्टियो ः झौखेलका एकजना पुरुष घाइते

भक्तपुर न.पा.१ ईतापाकेमा नगरकोटमोडबाट कालोपाटीतर्फ आउदै गरेको टोयटा हाईलेक्स गाडी आफै शुक्रबार राति अनियन्त्रित भई दुर्घटना हुदा उक्त गाडीमा सवार भक्तपुरको चागुनारायण न.पा.३ झौखेल दाहालगाउ बस्ने बर्ष ४५ को किरण दाहाल घाईते भएका छन् । घाइतेपछि उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो । गाडी चालक काभ्रे बनेपा न.पा.१० बस्ने बर्ष ४५ को कैलाश कुँवर र गाडी  परिसर भक्तपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घाइते डिस्चार्जपछि गाडी चालकलाई दुबै पक्षको सहमतिमा पछि छलफल गर्ने गरी छाडिएको प्रहरी परिसरले जनाएको छ । 

Comments