सूर्यविनायकको दार्जलिङ हाईटबाट पाँंचजना पक्राउ


असोज २६, २०८०, शुक्रबार | विहान ०५:४४ बजे | 0


सूर्यविनायकको दार्जलिङ हाईटबाट पाँंचजना पक्राउ

भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८ दार्जलिङ हाईटमा रहेको जस्ताले बनेको २ तल्लाको टहरोमा तास खेलिरहेको छन् भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले उक्त टहरोमा छापा मार्दा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा निम्न नामथर, वतन भएका ५ जना व्यक्तिहरु, नगद रु. ४५,०००।– (पैतालिस हजार) र ३ बुक तास सहित पक्राउ गरी प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान कार्य भईरहेको भइरहेको जनाइएको छ ।
निम्न ः–
१. जिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका वडा नं. १०  बस्ने बर्ष ४२ को नबराज दंगाल ।
२. जिल्ला सिन्धुपाल्चोक लिसङखुपाखर गाँउपालिका वडा नं. ५ बस्ने बर्ष ४१ को सुर्य बहादुर श्रेष्ठ ।
३. जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी  नगरपालिका वडा नं. २ बस्ने बर्ष ४२ को डावाङ लामा ।
४. जिल्ला सिन्धुपाल्चोक बलेफी गाँउपालिका वडा नं. ३  घर भई हाल जिल्ला भक्तपुर दार्जलिङ हाईट बस्ने बर्ष ६७ को डिल बहादुर लामा ।
५. जिल्ला स्याङजा हरिनाथ गाँउपालिका वडा नं. ५ घर भई हाल जिल्ला भक्तपुर गणेश मन्दिर नजिक बस्ने बर्ष ४७ को पिताम्बर आले ।

Comments