सूर्यविनायक चोकको खाजा पसलबाट पाँंचजना पक्राउ


असोज २५, २०८०, बिहीबार | विहान ०८:०६ बजे | 20


सूर्यविनायक चोकको खाजा पसलबाट पाँंचजना पक्राउ

भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८ सूर्यविनायकबाट सोही स्थान बस्ने पार्वती तामाङले संचालन गरेको खाजाघरमा तास खेलिरहेको पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा तत्काल प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटिई गई उक्त खाजाघरमा छापा हान्दा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट नगद रू ३८ हजार, एक बुक तास र खाजाघर संचालिकासहित नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीमा राखिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । 
पक्राउ पर्नेहरुको सूचि 
१. खाजाघर संचालिका जिल्ला काभ्रे चौरी देउराली गाँउपालिका वडा नं. ५ घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८ बस्ने बर्ष ३१ की पार्बती तामाङ ।
२. जिल्ला सिन्धुपाल्चोक चौतरा नगरपालिका वडा नं. १० घर भई हाल ऐ.ऐ. बस्ने बर्ष ३५ को माला तामाङ ।
३. जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ९ घर भई ऐ.ऐ बस्ने बर्ष २५ को राजु खड्का ।
४. जिल्ला काभ्रेपलान्चोक बेथानचोक गाँउपालिका वडा नं. २ घर भई ऐ.ऐ बस्ने बर्ष २८ को दिल तामाङ ।
५. जिल्ला दोलखा शैलुङ गाँउपालिका वडा नं. २ घर भई हाल ऐ.ऐ. बस्ने बर्ष ३६ को सिटुक तामाङ । 
६. जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने बर्ष ३३ को बिनोद लगेजु ।

Comments