दुवाकोटमोडमा स्कुटीले ठक्कर दिंदा पैदलयात्री सल्लाघारीकी ६८ वर्षीया बृद्धाको मृत्यु
असोज २५, २०८०, बिहीबार | विहान ०७:३८ बजे | 30
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ नगरकोटमोडस्थित खानेपानी कार्यालय नजिकै दुवाकोटबाट सल्लाघारीतर्फ जाँदै गरेको बा. ६९ प. ९१० नं. को स्कुटरले बाटो क्रस गर्दै गरेको पैदलयात्री भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी बस्ने वर्ष ६८ की भुलिमाया ढुकुछुलाई ठक्कर दिदाँ गम्भिर घाईते भई उपचारको लागि डा.ईवामुरा अस्पताल भक्तपुर लगेकोमा उपचारकै क्रममा मृत्यू भएको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी ठक्कर दिने स्कुटर र स्कुटर चालक जिल्ला दोलखा तामाकोशी गाँउपालिका वडा नं. ४ घर भई हाल भक्तपुर दुवाकोट बस्ने बर्ष ३६ को यम खड्कासमेतलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।