व्यासीबाट लागू औषधसहित सूर्यविनायकका युवा पक्राउ
असोज २४, २०८०, बुधबार | विहान ०६:१६ बजे | 25
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. २ सानोव्यासी औद्योगिक क्षेत्र अगाडि जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको चेकिङ टोलीले विभिन्न सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा डेकोचाबाट कालोपाटीमोडतर्फ जाँदै गरेको स्कुटीको डिकीबाट निम्न परिमाणको लागू औषध फेलापारी स्कुटी सहित नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखिएको छ । थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
निम्नः
१. नोर्फिन – ४५ एम्पुल ।
२. डाईजोपाम – ४५ एम्पुल ।
३. फेनेरागन – ४५ एम्पुल ।
४. प्रयोग नभएको सिरिन्ज – १ थान ।
५. प्रयोग भएको सिरिन्ज – ६ थान ।