सृजनानगरमा राति टिपरको ठक्करबाट एकजनाको मृत्यु, अर्का घाइते ः टिपर फरार


असोज २०, २०८०, शनिबार | विहान ०५:०४ बजे | 20


सृजनानगरमा राति टिपरको ठक्करबाट एकजनाको मृत्यु, अर्का घाइते ः टिपर फरार

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ५ श्रृजनानगर चोकमा शनिबार राति अरनिको सडक खण्डमा भक्तपुरबाट काठमाण्डौं जाँदै गरेको एकिन नम्बर नखुलेको टिपरमा सोही दिशातर्फ जाँदै गरको बा. ९७ प. २९५० नं. को मोटरसाईकल ठोकिन जाँदा दुर्घटना भई मोटरसाईक चालक सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका वडा नं. ८ घर भई हाल काठमाण्डौं काँडाघारी बस्ने बर्ष १८ को शिव आलेमगर र सोही मो.सा. पछाडी सवार सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका वडा नं. ८ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८ दार्जिलिङ हाईट बस्ने बर्ष २३ को रामशरण थापामगर घाईते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा मो.सा. चालक शिव आलेमगरको उपचार भईरहेको । मो.सा. पछाडी सवार रामशरण थापामगरलाई थप उपचारको लागि राति नै नर्भिक अस्पताल काठमाण्डौं रिफर गरी लगेकोमा उपचारकै क्रममा मृत्यू भएको छ । घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको छ । हालसम्म टिपर फरार रहेकोले खोजतलास कार्य भई रहेको जनाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको भक्तपुर प्रहरीले जनाएको छ । 

Comments