निकोसेरा दुवाकोट मोडमा दुर्घटना ः पैदलयात्रीको मृत्यु


असोज १८, २०८०, बिहीबार | विहान १०:०२ बजे | 50


निकोसेरा दुवाकोट मोडमा दुर्घटना ः पैदलयात्रीको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ निकोसेरामा विहीबार विहान दुवाकोट मोडबाट पुरानो ठिमीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४१प ३३१९ नं. को मोटरसाइकल र पुरानो ठिमीबाट राधेराधेतर्फ आउदै गरेको बा. ५ च. २०४९  नं. को  कार एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कार अनियन्त्रीत हुँंदा बाटोमा हिडिरहेको पैदलयात्री धनुषा जनकपुर नगरपालिका वडा नं. ९ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ राधेराधे बस्ने बर्ष ५८ को योगराज बरालको मृत्यु भएको हो । निजठक्कर दिई गम्भिर घाईते भएकोमा उपचारको लागि भक्तपुर अस्पताल लगेकोमा उपचारकै क्रममा विहीबार मृत्य भएको प्रहरीले जनाएको छ । 
मोटरसाईकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बस्ने बर्ष २० मिलन कार्कीसमेत घाइते भएकोमा उपचारपछि डिस्चार्ज भएका छन् । घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी दुर्घटना भएका सवारी साधन, मो.सा. चालक मिलन कार्की र कार चालक भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं. ६ बस्ने बर्ष २९ को अनुज प्रजापतीसमेतलाई प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको परिसरका सूचना अधिकृत बसन्त पाठकले बताए । 

Comments