सृजनानगरमा नवजातशिशु मृत अवस्थामा फेला
असोज १६, २०८०, मङ्गलबार | विहान ११:२३ बजे | 25
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ सृजनानगर यातायात व्यवस्था विभाग पछाडि हनुमन्ते खोलाको किनारमा अं २–३ दिन को जस्तो देखिने सालनालसहितको नवजात शिशु मंगलबार घोप्टोपरि मृत अवस्थामा फेला परेको छ । खवर प्राप्त हुनासाथ प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी अनुसन्धान अधिकृतसहितको टोली खटिई गई घटनास्थल लासजाँच मुचुल्का गरिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत वसन्त पाठकले बताए ।