५.३ म्याग्निच्युटको भुकम्प, काठमाडौंमा पनि धक्का
असोज १६, २०८०, मङ्गलबार | विहान ११:०७ बजे | 25
नविना श्रेष्ठ मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएका छन्। परकम्प नभएर नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बाह्रखरीलाई जानकारी दिएको छ। उहाँको अनुसार, सोही क्षेत्रमा अर्को पनि धक्का मापन गरिएको छ । त्यसको म्याग्निच्युड यकिन गर्ने कार्य भइरहेको उहाँले बताए