घ्याम्पेडाँंडाबाट चार युवा र चार युवती पक्राउ


असोज १६, २०८०, मङ्गलबार | विहान ०२:१९ बजे | 30


घ्याम्पेडाँंडाबाट चार युवा र चार युवती पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका घ्याम्पेडाँंडाको एउटा होटलबाट चार युवा र चार युवती पक्राउ परेका छन् । तर होटेल र पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । त्यहाँंको होटेल व्यवसायमा नकारात्मक असर पर्न सक्ने भन्दै प्रहरीले नाम र पक्राउ परेकाहरुको नाम सार्वजनिक नगरेको जनाएको छ । होटेल सञ्चालकले धन्दा चलाएको नभई जोडी आएर बसेको अवस्थामा पक्राउ परेको जनाइएको छ । पछिल्लो समय भक्तपुरको घ्याम्पेडाँंडामा होटेल खुल्ने क्रम वढ्दो छ । 

Comments