काभ्रेको धनेश्वर गेट नजिकै दुर्घटना ः रोशी गाउँंका लामाको मृत्यु
असोज १०, २०८०, बुधबार | विहान ०९:१४ बजे | 55
काभ्रे । काभ्रेको बनेपा न.पा. ७ धनेश्वर गेट नजिकै बनेपाबाट पनौतीतर्फ जादै गरेको बा.८४ प ६९५९ न.को मो.सा.लाई बिपरीत दिशाबाट आउदै गरेको बा.४ ख.९९७५ न.को टिफरले ठक्कर दिदा मो.सा.चालक काभ्रे रोसी गा.पा. ८ खार्पाचोक घर भएको बर्ष ३९ को सिद्धिकुमार लामाको मृत्यु भएको छ । घाइते भई उपचारको लागी सिरमेमोरीयल अस्पताल बनेपा पठाएको टाउकोमा चोट अबस्था गम्भिर रहेको थियो । टिफर, टिफर चालक, मो.सा. बनेपा प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जनाइएको छ । उक्त घटनास्थलमा ई.प्र.का. बनेपाबाट प्र.स.नि.नबिन घोरासाईनेको कमाण्डमा टोली खटीई गएको थियो ।
थप उपचारको लागि अन्नपुर्ण न्युरो अस्पताल काठमाण्डौ रिफर भएकोमा उपचारको क्रममा मंगलबार डाक्टरले मृत्यु घोषणा गरेको जनाइएको छ ।