मध्यपुर थिमिको वालकुमारी वनमा टाउको छुटिएको लाश फेला
भदौ ३०, २०८०, शनिबार | विहान ०९:३२ बजे | 30
भक्तपुरको मध्यपुरठिमी नगरपालिका ४ तसीटोलस्थित बालकुमारी सामुदायिक बनमा शनिबार टाउको छुटिएर खप्पर मात्रै बाँंकी रहेको एउटा लाशा फेला परेको छ । घासपात काटन गएका स्थानीयले रुखमा सलको पासो भएको, तल भुईमा टाउको छुट्टिएर खप्पर मात्र र शरिरमा कुर्था सुवाल लगाएको सडेगलेको अबस्थामा लास फेला परेको प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ उक्त स्थानमा अनुसन्धानको लागी बृत ठिमीबाट प्रहरी टोली गई बुझदा निज मृतक सूर्यविनायक नगपालीका २ बालकोटस्थित बंगलामुखी बस्ने बर्ष ६१ कि परमेश्वरी दाहाल भएको बुझिएको प्रहरीले जनाएको छ । निजको छोरी जानुका दाहालले २०८०।०४।१० गते मेरो आमा हराएको भनी बृत ठिमीको महिला सेलमा निबेदन दिएको) आफन्तहरु घटनास्थलमा आइसकेको प्रहरी परिसर भक्तपुरले जनाएको छ । लास पोष्ट मार्टमको लागी के.एम.सि. अस्पताल दुवाकोट लगेको जनाइएको छ । सो सम्बन्धमा थप अनुसन्धान भैरहेको जनाइएको छ ।