सूर्यविनायकमा ७ वर्षीय बालक झ्यालबाट खसेर मृत्यु
भदौ ३०, २०८०, शनिबार | विहान ०२:१८ बजे | 30
भक्तपुर । भक्तपुर सूर्यविनायक न.पा.२ वृहस्पती मार्गमा ७ वर्षीय एकजना बालकको खसेर मृत्यु भएको छ । स्थानीय संजिव श्रेष्ठको साढे तीन तले घरको तेस्रो तलामा डेरा गरी बस्ने वर्ष ७ को डेविट डाइमन्डको खसेर मृत्यु भएको हो । अछाम मेलेकु न.पा. घर भई हाल सोही स्थानमा डेरागरी बस्ने राम ब बुढाको छोरा वर्ष ७ को डेविट डाइमन्ड बुढा आफ्नै डेरा कोठामा खेल्ने क्रममा डेराकोठाको झ्याल बाट खसेको प्रहरीले जनाएको छ । सोही घरको कम्पाउण्डमा बारेको फलामको बारमा पर्न जादा घाईते भई उपचारको लागी नागरिक अस्पताल गठ्ठाघर लगेकोमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा प्रहरी वृत ठिमीबाट थप अनुसन्धान भैरहेको जनाइएको छ । घटना शुक्रबार राति भएको जनाइएको छ ।