साँंगाको झोलुङगे पुल तल एक युवक मृत अवस्थामा


भदौ २९, २०८०, शुक्रबार | विहान ०८:०२ बजे | 30


साँंगाको झोलुङगे पुल तल एक युवक मृत अवस्थामा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालीका वडा नं. १० चित्तापोलस्थित झोलुङगे पुल तलको भित्री सडकखण्डमा शुक्रबार एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । सिन्धुपाल्चोक ईन्द्रावती गाउपालिका वडा नं. ३ घर भई हाल काभ्रेपलान्चोक बनेपा नगरपालीका वडा नं. १३ नयाँबस्ती सागाँ बस्ने बर्ष २३ को सैलेश भारती घोप्टो परी मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई घटनास्थल लासजाँच मुचुल्का कार्य गरिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । सोही क्रममा पुलमा १ जोर जुत्ता, १ वटा मोजा र मृतक नजिक अर्को १ वटा मोजासमेत रहेको परिसरका सूचना अधिकृत बसन्त पाठकले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।  

Comments