जव नगरकोटबाट दुर्घटना गराउँंदै सेतो कार कमलविनायक पुग्यो.........


भदौ २८, २०८०, बिहीबार | साँझ ०४:०१ बजे | 35


जव नगरकोटबाट दुर्घटना गराउँंदै सेतो कार कमलविनायक पुग्यो.........

भक्तपुर । प्रहरीले जथाभावी कार चलाएर आउने एकजनालाई बिहीबार राति पक्राउ गरेको छ । भक्तपुरको नगरकोटबाट कमलविनायकको बाटोमा जथाभावी कार चलाउँंदै आएको कार चालक र कारलाई नियन्त्रणमा लिएको हो । कार र कार चालक दुवैलाई प्रहरी बृत जगातीमा राखिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । तर चालकको नाम र कार नम्वर भने सार्वजनिक गरेको छैन । 
बताइए अनुसार नगरकोटबाट आएको उक्त कारले जथाभावी चलाएर अरुलाई दुर्घटना गराउँंदै आएको थियो । त्यसपछि त्यो कारलाई स्थानीयले कमलविनायकमा पक्राउ गरेको थियो । त्यसपछि प्रहरीको उपस्थितिमा कारलाई छोडिएको थियो । पछि फेरि कमलविनायकमा पनि उस्तै गरी जथाभाबी कार चलाएपछि पक्राउ गरिएको जनाइएको छ । 

Comments