सूर्यमढीमा कुटपिट ः एकजना घाइते ः अर्काे एकजना पक्राउ
भदौ २३, २०८०, शनिबार | विहान ०२:४८ बजे | 30
भक्तपुर । भक्तपुर नगरपालिका ९ सूर्यमढीमा कुटपिटको घटना भएको छ । भक्तपुर नगरपालिका ८ लिवाली बस्ने वर्ष ३२ को अतुल प्रजापतिलाई सोही ठाउँं बस्ने वर्ष ३० को प्रज्वल प्रजापतीले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटपछि घाइतेलाई उपचारको लागि नजिकैको ख्वप अस्पताल च्यामासिंह लगेको जनाइएको छ । हाल उनी बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ । उनको टाउको पछाडि भाग र दाहिने साइडमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको थप उपचारका लागि मध्यपुर अस्पताल थिमि रिफर गरिएको छ । घाइतेको उपचारमा सरोज प्रजापति संलग्न रहेका छन् ।
कुटपिटपछि कुटपिट गर्ने युवक फरार भएका थिए । उनलाई भदौ २१ गते राति दुई बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हाल उनलाई वृत्त जगातीमा राखिएको छ ।
घटनास्थल वृत जगातीबाट २ कि.मि.उत्तर पर्दछ ।