यस्तो भएको थियो भक्तपुरको आदर्शको दुर्घटना
भदौ २३, २०८०, शनिबार | विहान ०२:११ बजे | 5
भक्तपुर । शुक्रबार राति भक्तपुरको आदर्श चोकमा भएको दुर्घटना अरु दुर्घटना जस्तो सामान्य थिएन । मृतक युवतीलाई ट्रकले करिव १० मिटर पर घिसारेर लगेको थियो । त्यसपछि ती युवतीको शरिरको माथिल्लो भाग क्षतविक्षत भएको थियो ।
घटना विवरण अनुसार काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको निर्माण सामग्री डण्डी बोकेको लामो मालबाहक ट्रकलाई ओभरटेक गर्र्दै गरेको मोटरसाइकलले विपरीत दिशातिरबाट आएको मोटरसाईकललाई ठक्कर दिएको थियो । त्यसपछि ओभरटेक गर्दै गरेको बाइकमा पछाडि सवार ती युवती खसेर ट्रकको पछाडिको चक्कामा परेको थियो । मालबाहक ट्रकले तत्काल ब्रेक नलगाउँदा मृतक युवतीलाई करिव १० मिटर पर घिसारेर लगेको थियो । त्यसपछि युवतीको शरिरको माथिल्लो भाग क्षतविक्षत भएको थियो ।
भक्तपुर फ्युल सेन्टर अगाडि दुईवटा मोटरमासाईकल मालबाहक ट्रकमा थोकेर दूर्घट्नामा एकजना महिला घट्नास्थलमै मृत्य भएको थियो । घटनामा परी दुइजना मोटरसाइकल चालक अस्पतालमा उपचाररत छन् । सवारी चलाउँदा सुरक्षित र सतर्क होऔं विशेष गरी ओभरटेक गर्दा ।