भक्तपुरको आदर्शमा भयानक दुर्घटना ः २५ वर्षीया युवतीको मृत्यु ः शरीर नै किचिमिची भएको फोटो सार्वजनिक (तस्वीरहरु छन्।)
भदौ २२, २०८०, शुक्रबार | दिउँसो ०३:३० बजे | 20
भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्शमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किर दुर्घटना हुँंदा घटनास्थलमै एकजनाको मृत्यु भएको छ । शरीर नै किचिमिची हुने गरी एकजनाको मृत्यु भएको अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
प्रहरीको विवरण जस्ताको तस्तै
मिति २०८०।०५।२२ गते १९;३९ बजेको समयमा जि.भक्तपुर सुर्यविनायक न.पा.८ आदर्श भक्तपुर फ्युल सेन्टर अगाडी जगाती बाट सुर्यविनायक तर्फ जादै गरेको बाग्मती प्रदेश –०२–०२३ प २८५९ नं को मो.सा.र विपरित दिशा तर्फ आउदै गरेको प्रदेश नं ३ –०२–००२प ६९३ नं को मो.सा.एक आपसमा ठक्कर खाई ६९३ नं को मो.सा. अनियन्त्रित भई सुर्यविनायक बाट जागाती तर्फ आउदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २४११ नं को टेलर गाडीमा समेत ठक्कर खाई सवारी दुर्घटना हुदा ६९३ नं को मो.सा.पछाडी सवारी जि.काभ्रे बनेपा न.पा.२ घिमिरेगाउ बस्ने वर्ष २५ की नविना काफ्ले घिमिरे घटनास्थलमा नै मृत्यु भएको,लास पो.माको लागी के.एम.सि. दुवाकोट अस्पताल लगेको , दुवै मो.सा.चालकहरु घाईते भई उपचारको लागी मध्यपुर अस्पताल ठिमी लगेको, तिन वटा सवारी साधन वृत जगातीको नियन्त्रणमा, उक्त स्थानमा प्र.नि.जितेन्द्र श्रेष्ठको कमाण्डमा १० जनाको टोली खटिईएको ,वृत जगाती बाट १ कि.मि.पश्चिम पर्ने ,टेलर गाडी चालक जि.पर्सा विरगन्ज म.न.पा.२ बस्ने वर्ष २५ को हासिब हुसेन अन्सारी वृत जगातीको नियन्त्रणमा ।
निम्न
१) ६९३ नं को मो.सा.चालक जि.काभ्रे बनेपा न.पा.२ घिमिरे गाँउ बस्ने वर्ष ३० को किरण घिमिरे, बोल्न सक्ने,दाहिने हातको पञ्जामा र दाहिने खुट्टाको थाई र पिडौलामा भित्री चोट, अवस्थाःमध्यम ।
२) २८५९ नं को मो.सा.चालक (जि.ओ.ढु.सुनकोशी गा.पा.४ घर भई हाल नलिनचोक बस्ने )वृत जनसेवा दरबन्दी भई हाल ऐ.कार्यालयमा कार्यरत वर्ष ३२ को प्र.ज. हिरा बडाल, बोल्न सक्ने,दुवै हातको नाडीमा दछारिएको, ढाडमा भित्री चोट र दाहिने खुट्टाको घुँडा फ्याक्चर , अवस्थाःमध्यम ।
फाेटाेमा हेर्नुहाेस्...