दधिकोटमा राति सुतिराखेका व्यक्तिको मृत्यु


भदौ २१, २०८०, बिहीबार | विहान ०९:२९ बजे | 25


दधिकोटमा राति सुतिराखेका व्यक्तिको मृत्यु

भक्तपुर । भक्तपुरको सूर्यबिनायक न.पा. ४ दधिकोट हनुमानघाट टोल बस्ने बर्ष ४४ को रामशरण श्रेष्ठ आफ्नै घरमा खाना खाई सुतेकोमा मृत्यु भएको छ । निजको श्रीमतीले ठूलो आवाजमा घुरेको सुन्नसाथ हेर्दा बेहोस अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । निजलाई तत्काल उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा विहीबार विहान १;४० बजे डा.द्धारा मृत घोषणा गरेको जनाइएको छ । निज ५ बर्ष अगाडि २ मृगौला फेल भई १ मृगौला प्रत्यारोपण गरेको अवस्थामा रहेको प्रहरीको भनाई छ । नियमित औषधी सेबन गर्ने गरेको परिवारले जनाएको छ । उक्त स्थान वृत्त ठिमीबाट ३ कि.मि. दक्षिण पर्दछ ।

Comments