यस्तो रहेछ सूर्यविनायकको घटना (जस्ताको तस्तै)


भदौ २०, २०८०, बुधबार | विहान १२:४७ बजे | 25


यस्तो रहेछ सूर्यविनायकको घटना (जस्ताको तस्तै)

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाका एकजना वडा अध्यक्षमाथि हातपात भएको घटना सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जेको रहेको छ । सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जेमा मंगलबार दिउँंसो साढे १२ बजे घटना घटेको हो ।

झैझगडा जग्गाको कारणले भएको प्रहरीले जनाएको छ । झैझगडामा नेत्रबहादुर चन्द र सागर थापा घाइते भएका छन् । उनीहरुको उपचारको लागि सूर्यविनायक नगरपालिका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नमध्ये दुईजनालाई पक्राउ गरिएको छ । सुनिल थापा र सुदीप थापालाई पक्राउ गरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । घटनास्थलमा वडा सदस्यसमेत संलग्न भएकोले उनलाईसमेत कार्यालयमा बोलाई बयान लिएको प्रहरीले जनाएको छ । तर उनको नाम भने खुलाइएको छैन ।

राति अवेर प्रहरीबाट सार्वजनिक घटनाविवरण

) मिति २०८०//१९ गते दिनको अं १२.३० बजेको समयमा भक्तपुर जिल्ला सुर्यविनायक नगरपालीका वडा नं कटुन्जे वडा कार्यालय परिसर कम्पाउण्ड भित्र जिल्ला ललितपुर महालक्ष्मी नगरपालीका वडा नं स्थाई घर भएका बर्ष ५१ को नेत्र बहादुर पौडेललाई भक्तपुर जिल्ला सुर्यविनायक नगरपालीका वडा नं कटुन्जे बस्ने बर्ष ४० को सुनिल थापा . बस्ने बर्ष ३८ को सुदिप थापाले जग्गाको बिषयलाई लिएर छलफल गर्ने क्रममा बिनाकारण गाली गलौज गरी समाती लछार पछार पारेर हातपात कुटपिट गरेको उक्त झै-झगडा छुट्टाउने सागर थापा समेतलाई निज सुनिल थापा समेतले कुटपिट गरी घाईते बनाएको घटना सम्बन्धमा सम्बन्धित वडा कार्यालयका वडा प्रतिनिधीहरु समेत बसी उक्त झै-झगडा सम्बन्धमा छलफल गराईरहेको हुँदा दुवै पक्ष एक आपसमा नमिलेको हुँदा प्रहरी टोली आउनु -यो भनि यस कार्यालयमा मौखिक उजुरी परेकोमा सो स्थानमा यस कार्यालय बाट प्र.नि रमेश थापा समेतको टोली घटनास्थलमा गएको

) घटनास्थलमा प्र.नि रमेश थापा समेतको टोली गई घटनास्थल मुचुल्लका लगायतको अनुसन्धान कार्य पुरा गरी दुवै पक्षलाई यस कार्यालयमा ल्याईएको

सुनिल थापा समेतलाई कानुनी दायरामा ल्याउनु पर्ने भनि निज नेत्र बहादुर पौडेलले  सुनिल थापा सुदिप थापाको विरुद्दमा अभद्र व्यवहार मुद्दामा जाहेरी दरखास्त दिएको

) झगडामा घाईते भएका नेत्र बहादुर पौडेल सागर थापाको घाँउ जाँच केश फारामको लागी सुर्यविनायक नगर अस्पताल भक्तपुरमा पठाईएको

) नेत्र बहादुर पौडेलले दिएको जाहेरी दरखास्तमा उल्लेखित सुनिल थापा सुदिप थापा लाई नियन्त्रणमा लिई यस कार्यालयको हिरासत कक्षमा राखिएको

) वारदातस्थलमा वडा सदस्य समेत रहेकोमा निजलाई समेत यस कार्यालयमा ल्याई घटनाको बारेमा बुझिएको

) उक्त घटना सम्बन्धमा विस्तृत रुपमा अनुसन्धान कार्य भई रहेको

 

मितिः- २०८/०५/१९ गते

Comments