सूर्यविनायक नगरपालिकाका वडा अध्यक्षमाथि कार्यकक्षमै हातपात !
भदौ १९, २०८०, मङ्गलबार | दिउँसो ०२:४४ बजे | 30
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाका एकजना वडा अध्यक्षमाथि मंगलबार हातपात भएको छ । उनीमाथि कार्यालयको कार्यकक्षमै हातपात भएको प्रहरीले पुष्टी गरेको छ । तर कुन वडा अध्यक्षमाथि भने यो समाचार तयार पार्दासम्म खुलेको छैन । ती वडा अध्यक्षमाथि अधिवक्ताले कुटपिट गरेका हुन्, भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले घटना सत्य भएको भन्दै भने, विस्तृत विवरण आउँंन बाँंकी नै छ ।