गठ्ठाघरमा छिमेकीको घरमा गएर ६५ वर्षीया महिलाद्धारा आत्महत्या


भदौ १९, २०८०, मङ्गलबार | विहान ०५:०७ बजे | 20


गठ्ठाघरमा छिमेकीको घरमा गएर ६५ वर्षीया महिलाद्धारा आत्महत्या

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघर सगरमाथा कोलोनी बस्ने प्रकास सत्यालको घरमा परिवारसहित डेरा गरी बस्ने एकजना ६५ वर्षीया महिलाले आत्महत्या गरेकी छन् । सुनसरी इटहरी उपमाहानगरपालिका वडा नं ६ घर भई हाल सोही स्थान बस्ने बर्ष ६५ की सीतादेबी गडतौलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । सोही घरसंग जोडिएको सोही स्थान बस्ने गणेश भण्डारीको ४ तले घरको छतमा रहेको फलामको भरयाकङमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ उक्त स्थानमा वृत ठिमीबाट प्र.स.नि. शिब बोहराको कमाण्डमा ४ जना टोली खटिएको प्रहरीले जनायो । उक्त स्थान वृत्त ठिमीबाट अन्दाजी .२ कि.मी पश्चिम पर्दछ । 

Comments