फेसबुकबाट क्यानडा पठाइदिन्छु भनी ३४ लाख ५७ वढी रकम ठगी
भदौ १८, २०८०, सोमबार | दिउँसो ०३:०९ बजे | 25
भक्तपुर । प्रहरीले क्यानडा पठाइदिन्छु भनी ठगी गर्न खोज्ने दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की माछापुच्छ्रे गा.पा. ६ बस्ने कृष्ण बहादुर सार्कीको छोरा वर्ष ३० को लक्ष्मण नेपाली र २) सप्तरी राजविराज न.पा. ४ बस्ने श्यामप्रसाद साहको छोरा वर्ष ३५ को महाविरप्रसाद साह रहेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । परिसरका एसपी प्रजित केसीका अनुसार सन्देश गौतमले नम्बर ९८२३५४८०८४ बाट सामाजिक सञ्जाल फेसबुक, इमो, इष्टाग्राम, भाइबर जस्ता एपहरु चलाउँदै आएकोमा सन्देश गौतमले चलाउने इष्टाग्राम आइडीमा बैदेशिक रोजगारको लागि क्यानडा जान वर्क परमिट भिसा पाइने भनी बिज्ञानपन पोष्ट गरेको थियो । त्यसपछि उक्त आइडीमा म्यासेज गरी कुराकानीहरु गर्दै जाँदा पक्राउ पर्ने यी दुईजना व्यक्तिहरुले आफु क्यानडाको रजिष्टार्ड एजेन्ट रहेको बताई तपाईलाई क्यानडा पुगेपछि क्यासियरको काममा लगाई मासिक नेपाली पाँंच लाख ४५ हजार दिन्छु भनी विश्वास दिलाई विभिन्न कागजातहरु तपार पार्न नेपालमै रहेको विभिन्न बैंकको खातामा नेपाली रकम चौतीस लाख सन्तावन्न हजार सात सय दश रुपैयाँं जम्मा गर्न लगाई झुक्याई ठगी गरेका थिए । ठगीपछि पीडितले कानून बमोजिम कारवाही गरी पाउँ भनी जाहेरी दरखास्त परेकोमा ती प्रतिवादीहलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि भक्तपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जनाइयो ।