कमलविनायकमा एटीएम मेसिन फुटाइ चोरी गर्न खोज्ने पक्राउ
भदौ १४, २०८०, बिहीबार | विहान ०६:१३ बजे | 25
भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायक भत्केको पाटीमा रहेको नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोज्दै गरेको अबस्थामा प्रहरीले बिहीबार राति एकजनालाई पक्राउ गरेको छ । १४ गते राति ०२ः४४ बजे भक्तपुर चोरीको प्रयास गर्दै गर्दा उनीहरुलाई वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दाङ बबई गाँउपालिका वडा नं. २ बस्ने बर्ष २४ को पूर्णबहादुर खासु रहेका छन् । उनलाई नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा निजको साथबाट १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सोसमेत बरामद भएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी प्रहरी वृत्त जगाती भक्तपुरमा राखिएको छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।