भक्तपुरमा पार्किग गरिराखेको मिनीबसमा आगलागी
भदौ १४, २०८०, बिहीबार | विहान ०३:३८ बजे | 25
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ मा राति पार्किग गरिराखेको मिनीबसमा अज्ञान समूहले आगो लगाइदिएका छन् । आज विहीबार विहान तीन बजे बा ४ ख ६६६९ मा आगो लगाइदिएको जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरले जनाएको छ । खवर पाएर विहानै दमकल सवा तीन बजे हिडेको र तीन बजेर ५० मिनेटमा आगो निभाएर फर्केका कार्यालयका सूचना अधिकारीले जनाए । आगलागीबाट बसको क्याविन सिटहरुसहित सम्पूर्ण जलेर नष्ट भएको जनाइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...