गुण्डुमा दिउँंसै चोरी ः सात तोला सुन र डेढ लाख रुपैयाँं लग्यो


भदौ १३, २०८०, बुधबार | दिउँसो १२:४० बजे | 25


गुण्डुमा दिउँंसै चोरी ः सात तोला सुन र डेढ लाख रुपैयाँं लग्यो

भक्तपुर । भक्तपुरको गुण्डुमा सोमबार दिउसै चोरी भएको छ । स्थानीय राजकुमार गाइसीको घरबाट दिउँसो ११ः३० देखि १२ः३० भित्र चोरी भएको जनाइएको छ । घरमा कोही नभएको मौका छोपी झयालबाट घर भित्र पसेर चोरी भएको पीडित राजकुमारले बताए । करिब छ सात टोला सुन, एक लाख पचास हजार नगद चोरी लगेको उनले जनाए । चोरी गर्ने मान्छे टाढाको नभई घरकोबारेमा सबै जानकार हुने अनुमान गरिएको छ । मेरो घर वरिपरिकोले नै गरेको अनुमान उनको छ ।

Comments