चाँंगुको तामाङ टोलमा बाटोमा हिडिरहेकी महिलाको कानबाट सुनको सिक्री लुटपाट
भदौ ११, २०८०, सोमबार | विहान ०६:०२ बजे | 35
भक्तपुर । भक्तपुरको चागुनारायण नगरपालिका वडा नं ५ तामाङ टोल निवासी करिब ४९ वर्षको सानु तामाङले लगाएको सुन लुटेको छ । आइतबार साँंझ कलमा पिठो पिन्न मकैवारीको वाटो हुँदै आउदा करिब ५ वजे दुइजना केटा मान्छे चुरोट तान्दै मकैवारीमा वसिरहेकोमा पिठो पिनी सकेपछि घर जाने क्रममा ती दुई जना मान्छेले सो महिलाको दुइवटा कानको मुन्द्रा कानको लोती छिनालेर लुटेर भागेको स्थानीयले जनाएका छन् । महिला तथा वुढापाकाहरु एक्लै हिड्डुडुल गर्दा यो झाडी तथा जंगलको वाटो हिडदा सतर्क रहनुहुन स्थानीयले अनुरोध गरेका छन् ।
फाेटाेमा हेर्नुहाेस्...