थिमिको बालसुधार गृह घटना ः अझै पाँंच वालवन्दी फरार


भदौ १०, २०८०, आइतबार | दिउँसो ०१:४१ बजे | 35


थिमिको बालसुधार गृह घटना ः अझै पाँंच वालवन्दी फरार

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका २ सानोठिमीस्थित बालसुधार गृहबाट भागेका दुई सय २१ जना कैदी बालवन्दीमध्ये पाँंच जना अझै फरार रहेका छन् । भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले पाँंच जनाको खोजी कार्य अझै जारी रहेको जनाए । 
बालसुधार गृहमा कैदी जीवन विताइरहेका मन्थली नगरपालिका–३, कठजोरका वर्ष १८ का कमल बस्नेतको भदौ ३ गते आइतबार रहस्यमय मृत्यु भएको थियो । बेहोस भएपछि अस्पताल लगिएका उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि आफन्तले त्यही दिनदेखि बालसुधार गृहको गेट अगाडि विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा भदौ ४ गते सोमबार स्थिति तनावपूर्ण बनेको थियो । 
बालसुधार गृह गेट बाहिर पीडितका आफन्तहरुले र भित्री कैदीवन्दीहरुले विरोध गर्दै गरेको थियो । कैदीवन्दीले आन्दोलनलाई उग्र बनाउँंदै मुल जवरजस्त गेट बाहिर आएका थिए । यस क्रममा प्रहरीले रोक्ने प्रयास गरेको थियो । त्यसपछि कैदीबन्दी र प्रहरीवीच झडप भएको थियो । त्यसपछि अझ आक्रोशित हुँदै कैदीबन्दीले प्रहरीलाई लखेटेर बाहिर निस्केर भागेका थिए । 
त्यो बेला झडपमा परी प्रहरीतर्फ १९ जना र बालबन्दीतर्फ दसजना गरी कुल २९ जना घाइते भएका थिए । यसअघि जिल्ला प्रशाशन कार्यालय भक्तपुरले घटनाबारे सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक समितिसमेत गठन गरेको थियो ।  

Comments