भक्तपुरबाट एमसीसी बिरोधी तीनजना पक्राउ


भदौ ८, २०८०, शुक्रबार | विहान ०४:५० बजे | 40


भक्तपुरबाट एमसीसी बिरोधी तीनजना पक्राउ

भक्तपुर । भक्तपुर प्रहरीले एमसीसी विरुद्ध बिहीबार राति गरेको मशाल जुलुशबाट तीन जनालाई पक्राउ गरेको छ । जुलुशको क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । नेत्रविक्रम चन्द विप्लब महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध चरणबद्ध आन्दोलनको क्रममा विहीबार भक्तपुरमा जुलुश निकालेको थियो । उसको चरणबद्ध आन्दोलन भदौ ६ गतेदेखि सुरु भएको छ । आन्दोलन ११ गतेसम्म रहने जनाइएको छ । पक्राउ उनीहरु तीनैजनालाई छोडिसकेको भक्तपुर प्रहरीले जनाएको छ । 

Comments