जगातीमा रोकिराखेको ट्रकमा आगलागी (तस्वीरहरु छन्)

भदौ ६, २०८०, बुधबार | दिउँसो ०३:२३ बजे | 35

जगातीमा रोकिराखेको ट्रकमा आगलागी (तस्वीरहरु छन्)

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगातीमा रोकिराखेको एउटा ट्रकमा बुधबार राति आगलागी भएको छ । गाडीभित्र ग्यास पडकेर आगलागी भएको हो । बताइए अनुसार ट्रकभित्र एकजना मानिस ग्यासबाट खाना पकाउँंदै थियो । सोही क्रममा ग्यास लिक भई आगलागी भएको हो । 
आगलागीपछि गाडीभित्र रहेको एकजना मानिस बाहिर निस्केर जोगिएको थियो । त्यसकारण मानवीय क्षति हुन पाएन । 
घटना जगाती पुलिस चौकी नजिकै भएको थियो । आगलागीलाई स्थानीयको सहयोगले नियन्त्रणमा लिएको छ । आगलागीबाट टक क्षतिग्रस्त भएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

जगातीमा रोकिराखेको ट्रकमा आगलागी (तस्वीरहरु छन्)
जगातीमा रोकिराखेको ट्रकमा आगलागी (तस्वीरहरु छन्)

Comments