सानोथिमि बाल सुधारगृह गोली काण्ड ः ११ प्रहरी र ६ कैदी घाइते


भदौ ४, २०८०, सोमबार | विहान ११:२७ बजे | 5


सानोथिमि बाल सुधारगृह गोली काण्ड ः ११ प्रहरी र ६ कैदी घाइते

भक्तपुर । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा सोमबार भएको झडमा १७ जना घाइते भएका छन् । उनीहरुको उपचार नजिकै रहेको नागरिक कम्युनिटी टिचिग हस्पिटलमा भइरहेको छ । 
अस्पतालले दिएको जानकारी अनुसार एकजना उपचारपछि घर फर्केका छन् । अहिले त्यहाँं कुल १६ जनाको उपचार भइरहेको छ । तीमध्ये प्रहरी ११ जना र कैदी ६ जना रहेको अस्पतालले जनाएको छ । कोहीको टाउकोमा गम्भीर चोट छन्, अस्पतालमा उपचाररत एकजना स्वास्थ्यकर्मीले नागरिकसँंग भने, गम्भीर घाइते भने कोही छैन । भित्र रहेका कैदीबन्दी बाहिर निस्केर प्रहरीमाथि कुटपिट भएको थियो । यो क्रममा झडप भएको थियो । 
झडपको क्रममा करिब २ सय कैदीबन्दी भागेको अनुमान गरिएको छ । लाठी भालासहित बिद्रोहमा उत्रिएका उनीहरुले बन्दीगृह ब्रेक गरी भागेका थिए ।
आइतवार मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएको थियो । बेहोस भएपछि अस्पताल लगिएका उनी उपचारको क्रममा मृत्यु भएको थियो । मृत्युपछि आफन्तले हिजो आइतबार पनि बाल सुधार गृहको गेट अगाडि विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा आइतबार पनि स्थिति तनावपूर्ण बनेको थियो । 
बालसुधार गृहभित्र रहेका थुनुवाले बन्दीगृह प्रशासन विरुद्ध नाराबाजी र तोडफोड गर्दै बाहिर निस्कन खोजेपछि सोमबार दिउसो सुरक्षार्थ खटिएको प्रहरीले गोली चलाएको थियो । गोली प्रहार गरेपछि अझ आक्रोशित हुँदै कैदीबन्दीले प्रहरीलाई लखेटेर बाहिर निस्किएका थिए । सुधारगृहले आइतवार बिहान परिवारलाई मृत्यु भएको खबर दिएको भए पनि मृत्युको कारण पुष्ट्याई थाहा हुन नसकेको भन्दै आफन्त र कैदीबन्दी आक्रोशित छन् । 
आइतबार अपराह्न जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा एक छानविन समिति गठन गरी घटनाको अनुसन्धान तथा छानविन शुरु गरिसकेको छ । बाहिरी उक्साहट्मा लागेर सुधार गृहमा रहेकाहरुलाई उपद्रो नगर्न प्रमुख जिल्ला अधिकारी रिजालले आग्रह गरेका छन् । छानविन समितिले सत्यतथ्य बाहिर ल्याउने दावी गर्दै संयमित बन्न र कानुन बाहिर नजान सिडिओ रिजालको सुझाव छ ।

Comments