सुधार गृहबाट निस्किएका करिब २ सय कैदीबन्दी कोटेश्वर पुगे


भदौ ४, २०८०, सोमबार | विहान १०:०२ बजे | 30


सुधार गृहबाट निस्किएका करिब २ सय कैदीबन्दी कोटेश्वर पुगे

सानोठिमीस्थित बाल सुधार गृहमा रहेका करिब २ सय कैदीबन्दीले बिद्रोह गरेका छन् । लाठी भालासहित बिद्रोहमा उत्रिएका उनीहरुले बन्दीगृह ब्रेक गरि बिद्रोह गरेका हुन् ।
आइतवार मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएपछि बालसुधार गृह तनावपूर्ण बनेको हो । बालसुधार गृहभित्र रहेका थुनुवाले बन्दीगृह प्रशासन विरुद्ध नाराबाजी र तोडफोड गर्दै बाहिर निस्कन खोजेपछि सोमबार दिउसो सुरक्षार्थ खटिएको प्रहरीले गोली चलाएको थियो । गोली प्रहार गरेपछि अझ आक्रोशित हुँदै कैदीबन्दीले प्रहरीलाई लखेटेर बाहिर निस्किएका छन् । सुधारगृहले आइतवार बिहान परिवारलाई मृत्यु भएको खबर दिएको भएपनि मृत्युको कारण पुष्ट्याई थाहा हुन नसकेको भन्दै आफन्त र कैदीबन्दी आक्रोशित छन् । आइतबार अपराह्न जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा एक छानविन समिति गठन गरी घटनाको अनुसन्धान तथा छानविन शुरु गरिसकेको छ । बाहिरी उक्साहट्मा लागेर सुधार गृहमा रहेकाहरुलाई उपद्रो नगर्न प्रमुख जिल्ला अधिकारी रिजालले आग्रह गरेका छन् । छानवीन समितिले सत्यतथ्य बाहिर ल्याउने दावी गर्दै संयमित बन्न र कानुन बाहिर नजान सिडिओ रिजालको सुझाव छ ।यसैबीच सुधार गृहबाट निस्किएका करिब २ सय कैदीबन्दी कोटेश्वर पुगेको खबर छ । उनीहरुले सुधार गृह प्रशासन र प्रहरीमाथी कार्वाहीको माग राखेका छन् ।

फाेटाेमा हेर्नुहाेस्...

सुधार गृहबाट निस्किएका करिब २ सय कैदीबन्दी कोटेश्वर पुगे

Comments