भक्तपुरमा गोली चल्यो ः तीन कैदी र केही प्रहरी घाइते, एकको अवस्था गम्भीर


भदौ ४, २०८०, सोमबार | विहान ०९:१९ बजे | 50


भक्तपुरमा गोली चल्यो ः तीन कैदी र केही प्रहरी घाइते, एकको अवस्था गम्भीर

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बाल सुधार गृहमा गोली चलेको छ । सुधार गृहमा भएका बन्दीहरुले प्रहरी माथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिती नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो । भिडन्तमा तीन कैदी र केही प्रहरी घाईते भएको स्रोतले बताएको छ ।
घाईते बन्दी मध्ये एक जना गम्भिर घाईते छन भने दुई जनाको स्थिती सामन्य भएको स्रोतले जानकारी दिए । घाईतेहरुको नागरिक अस्पतालमा उपचार भइरहेको छ ।
सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षिय कमल बस्नेतको आइतवार बिहान मृत्यु भएको थियो । सोही विषयमा सुधार गृहको लापरवाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नारावाजी गर्दै प्रदर्शन गरेका थिए ।

Comments