थिमि सुधारगृहमा सजायँं भुक्तान युवाको मृत्यु ः छानविन समिति गठन (पत्रसहित)


भदौ ३, २०८०, आइतबार | दिउँसो १२:५३ बजे | 35


थिमि सुधारगृहमा सजायँं भुक्तान युवाको मृत्यु ः छानविन समिति गठन (पत्रसहित)

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका २ सानोठिमीस्थित बालसुधार गृहमा राखिएका एकजना युवकको आइतबार मृत्यु भएपछि त्यसबारे छानविन गरी प्रतिवेदन पेश गर्न एउटा समिति गठन गरिएको छ । रामेछाप जिल्ला मन्थली नगरपालिका वस्ने वर्ष १८ का कमल वस्नेतको आइतबार उपचारको क्रममा निधन भएको थियो । बालसुधार गृहमा सजाय भुक्तान गरिरहेको अवस्थामा विरामी भई उपचारको क्रममा उनको निधन भएको थियो । निधनपछि आफन्तले बालसुधार गृह अगाडि आइतबार प्रदर्शन पनि गरेका थिए । 
घटना सम्वन्धी सत्यतथ्य छानविन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न जिल्ला प्रशाशन कार्यालय भक्तपुरले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा समिति गठन गरेको जनाएको हो । समितिमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक बसन्त पाठक र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य एवं जिल्ला प्रशाशन कार्यालय भक्तपुरका प्रशाशकीय अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव रहेको समिति गठन गरी अनुसन्धान कार्य अगाडि वढाइको प्रशाशनले जनाएको छ । समितिलाई सघाउन प्रशाशनले सवैसँंग अनुरोध गरेको छ । 

फाेटाेमा हेर्नुहाेस्...

थिमि सुधारगृहमा सजायँं भुक्तान युवाको मृत्यु ः छानविन समिति गठन (पत्रसहित)

Comments