बालकको मृत्यु भएपछि सुधार गृह परिसरमा आफन्तले प्रदर्शन


भदौ ३, २०८०, आइतबार | दिउँसो १२:०६ बजे | 30


बालकको मृत्यु भएपछि सुधार गृह परिसरमा आफन्तले प्रदर्शन

भक्तपुर – भक्तपुर बाल सुधार गृहमा  किशोरको मृत्यु भएको छ।

रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको  हो। उनी बलात्कार आरोपमा तीन वर्षदेखि सुधार गृहमा थिए।

शनिबार राति बेहोस भएका बस्नेतलाई आइतबार बिहान उपचारका लागि भक्तपुरस्थित नागरिक अस्पताल लगिएको थियो।

अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरीले जनाएको छ । अहिले शव पोष्टमर्टमको लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ।

बालकको मृत्यु भएपछि सुधार गृह परिसरमा उनका आफन्तले प्रदर्शन गरेका छन्। उनीहरूले सुधार गृहको लापरवाहीका कारण कमलको मृत्यु भएको आरोप लगाएका छन्।

Comments