सानोठिमीस्थित बालसुधार गृहमा राखिएको वालबिज्याईकर्ताको मृत्यु
भदौ ३, २०८०, आइतबार | विहान ०७:०० बजे | 15
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालीका २ सानोठिमीस्थित बालसुधार गृहमा राखिएको वालबिज्याईकर्ताको आइतबार विहान मृत्यु भएको छ । जेठ २९ गते जिल्ला प्रहरी कार्यालय रामेछापबाट मुद्दाको रामेछाप मन्थली नगरपालीका ३ बस्ने बर्ष १८ को कमल बस्नेत अचानक बेहोस भई सुधार केन्द्रको प्र.ना.नि. निलबहादुर गिरीको टोलीले उपचारको लागी नागरीक अस्पताल लगेको थियो । त्यो बेला अबस्था वोल्न नसक्ने (वाया खुट्टाको तिघ्रामा पिलो भएको र पहिलादेखि नै आँखाको समस्या रहेको) आफन्तलाई जानकारी गराएको प्रहरीले जनाएको छ । । उनको उपचारको क्रममा विहान ७ ः ५८ बजे मृत्यु भएको हो । हाल लास जाँच मुचुल्काको लागी बृत ठिमीबाट प्र.नि. कृष्णप्रसाद तिमल्सिनाको कमाण्डमा टोली खटिएको जनाएको छ । उक्त स्थान बृत ठिमीवाट २ कि.मि. पश्चिम पर्दछ ।