व्यासी कालिघाटमा छुरा प्रहार ः स्थानीय दिलमाया लघु घाइते


साउन २८, २०८०, आइतबार | दिउँसो ०१:१९ बजे | 40


व्यासी कालिघाटमा छुरा प्रहार ः स्थानीय दिलमाया लघु घाइते

भक्तपुर । भक्तपुरको चाँगुनारायण न.पा.३ कालीघाटमा सोही स्थान बस्ने वर्ष ४९ की दिलमाया लघुलाई सिन्धुली मरिण गा.पा. घर भई हाल डेरा गरी बस्ने वर्ष ३५ की सुस्मिता तामाङले तरकारी काट्ने चक्कुले प्रहार गर्दा घाइते भएकी छिन् । घाइते लघुको उपचारको लागी भक्तपुर अस्पताल ल्याएको प्रहरीले जनाएको छ । उनको अवस्था बोल्न सक्ने, दाहिने आँखा माथि चोट लागेको जनाएको हो । उपचारमा छोरा संलग्न रहेको जनाइएको छ । चक्कु प्रहार गर्ने सुस्मिता तामाङलाई  १ थान चक्कुसहित प्रभाग व्यासीबाट खटिएको प्र.ब.ना.नि.रामचन्द्र पोखरेलको २ जनाको टोलीले नियन्त्रणमा लिई परिसर भक्तपुरमा ल्याई राखिएको छ । घटनास्थल परिसर भक्तपुरबाट ३ कि.मि.उत्तरमा पर्दछ । हाल घाइते अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन् । 

Comments