रामन्दिरमा वाढीमा फसेका ११ देखि ८२ वर्षसम्मका चारजनालाई गरियो उद्धार


साउन २३, २०८०, मङ्गलबार | विहान १०:०६ बजे | 15


रामन्दिरमा वाढीमा फसेका ११ देखि ८२ वर्षसम्मका चारजनालाई गरियो उद्धार

भक्तपुर । भक्तपुरको राममन्दिर मन्दिरमा वाढीमा फसेका चारजनालाई प्रहरीले मंगलबार उद्धार गरेको छ । सोमबार रातिदेखि परेको अविरल बर्षाको कारण बाढीमा फसेका उनीहरुलाई उद्धार गरिएको हो । 
भक्तपुर नगरपालिका वडा नं.४ स्थित हनुमन्ते खोलाको छेउमा रहेको राममन्दिरमा पानी पसी डुवानमा परी फसेका उनीहरुलाई उद्धार गरिएको हो । उद्धार गरिएका उनीहरु ११ वर्षदेखि ८२ वर्षसम्मका छन् ।
मन्दिरमा बस्ने उनीहरुलाई नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्दार कार्य गरिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । भक्तपुर नगरपालिका वडा नं. ४ रामन्दिर बस्ने बर्ष ८२ को भोजराज खरेल (महाराज हरिदाष), भक्तपुर नगरपालिका वडा नं. ४ रामन्दिर  बस्ने बर्ष ५५ दुर्गा गरुङ, भक्तपुर नगरपालिका वडा नं. ४ रामन्दिर बस्ने बर्ष ११ मेघना गुरुङ र भक्तपुर नगरपालिका वडा नं. ४ रामन्दिर बस्ने बर्ष ६० सीता राईलाई उद्धार गरिएको परिसरका सूचना अधिकृत बसन्त पाठकले बताए ।

Comments