कमलविनायकमा ग्याङ फाइट ः एकजना पक्राउ ः केही घाइते


साउन २२, २०८०, सोमबार | विहान ०८:४६ बजे | 40


कमलविनायकमा ग्याङ फाइट ः एकजना पक्राउ  ः केही घाइते

भक्तपुर । भक्तपुरको कमलविनायकमा ग्याङ फाइट (समूह झगडा) परेको छ । कमलविनायकस्थित अमरज्योति मण्टेश्वरी स्कुल नजिक फाइट परेको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार चारपाँंच जनावीच ग्याङ फाइट भएको हो । ग्याङ फाइटबाट केही घाइते पनि भएका छन् । उनीहरुको अवस्था भने सामान्य नै छ । 
झैझगडामा संलग्नहरुमध्ये एकजनालाई पक्राउ गरेको छ । उनलाई जगाती प्रहरी बृतमा राखिएको छ । उनको नाम सार्वजनिक गरेको छैन । 
रक्सी खाएर उनीहरु भैझगडामा उत्रेको प्रहरीले जनाएको छ । झैझगडाको कारण भने खुल्न सकेको छैन । 

Comments