भक्तपुरको चुनदेवीमा सुतिराखेका एकजनाको मृत्यु, अर्काे अस्पताल भर्ना


साउन २२, २०८०, सोमबार | विहान ०६:३८ बजे | 25


भक्तपुरको चुनदेवीमा सुतिराखेका एकजनाको मृत्यु, अर्काे अस्पताल भर्ना

भक्तपुर । भक्तपुरको सूर्यबिनायक न.पा. ६ चुनदेबी हाईट बस्ने बर्ष ५० को सुभाष तामाङको मृत्यु भएको छ । आफ्नै ३.५ तले घरको दोस्रो तलामा डेरा गरी बस्ने रामेछाप सुनापती गा.पा ४ घर हुने बर्ष ५४ को लाल ब. तामाङको कोठामा बिगत १५ दिनदेखिसंगै बस्दै आएकोमा  उनकै कोठामा सुतिराखेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही कोठामा आफ्नो लागी भुईमा लगाएको ओछ्यानमा निज सुभाष तामाङ सुतेकोमा मृत्यु भएको हो । सोही कोठाको खाटमा लाल ब. तामाङ बान्ता गरिरहेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । जानकारी प्राप्त हुनासाथ वृत्त जगातीबाट प्र.नि जितेन्द्र श्रेष्ठको कमाण्डमा १० जनाको टोली खटि गई निज लाल ब. तामाङलाई उपचारको लागी भक्तपुर अस्पताल लगेको प्रहरीले जनाएको छ । हाल उनको अवस्था बोल्न सक्ने, बाहिरी चोटपटक नभएको अवस्था रहेको जनाइएको छ । मृत्तक लासको मुचुल्का पस्चात पो.मा को लागी केएमसी अस्पताल दुवाकोट लगेको छ । निजहरु दुबैसंगै बस्ने, सधै मा.प.से गर्ने गरेको र मृत्तक आन्द्रा सम्बन्धि बिरामी भई आन्द्राको अप्रेशन समेत भएको भन्ने बुझिएको छ । उक्त स्थान वृत्त जगातीबाट अं १.५ कि.मी पस्चिम पर्दछ ।

Comments