कौशलटारबाट चार लाख वढी नगदसहित १३ जुवाडे पक्राउ (नामावलीसहित)
साउन २१, २०८०, आइतबार | विहान ०६:५९ बजे | 5
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटारमा रामेछाप सुनपाती गाँउपालिका वडा नं. ५ घर भई हाल भक्तपुर कौशलटारमा ॐ होटल संचालन गरी बस्ने बर्ष ४० को प्रभु खड्काको होटलमा पैसाको हारजित हुने गरी जुवा÷तास खेलिरहेका १३ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँंझ प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको १० जनाको प्रहरी टोली खटीई गई उक्त होटलमा छापा मार्दा दोस्रो तल्लाको कोठाभित्र तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । १३ जना उनीहरुलाई नगद रु. ४,१७,४२५÷– (चार लाख सत्र हजार चार सय पच्चीस) र तास १० बुकसहित नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुको नामावली
ज्ञ. होटल संचालक जिल्ला रामेछाप सुनापाती गा.पा. वडा नं. ५ घर भई हाल जिल्ला भक्तपुर कौशलटार बस्ने बर्ष ४० को प्रभु खड्का ।
द्द. जिल्ला काभ्रेपलान्चोक पाँचखाल घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. १३ बस्ने बर्ष ३२ को राज कुमार लामा ।
घ. जिल्ला काभ्रेपलान्चोक बेथानचोक गा.पा. वडा नं. ८ घर भई हाल जिल्ला काठमाण्डौ रानीबन बस्ने बर्ष २८ को सरोज वाईबा ।
द्ध. जिल्ला मकवानपुर हेटौडा उप–महानगरपालिका १८ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं. १ लोकन्थली बस्ने बर्ष ३६ को कृष्ण बहादुर मोक्तान ।
छ. जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौ चाबहिल बस्ने बर्ष ३६ को दिप बहादुर तामाङ ।
ट. जिल्ला काभ्रेपलान्चोक बनेपा बस्ने बर्ष ५० को अर्जुन थापा ।
ठ. जिल्ला काठमाण्डौ तार्केश्वर न.पा वडा नं. ८ बालाजु बस्ने बर्ष ४१ को टिका बराल ।
ड. जिल्ला औखलढुङ्गा घर भई हाल जिल्ला भक्तपुर भक्तपुर न.पा. वडा नं. २ व्यासी बस्ने बर्ष ४० को हेम बहादुर खत्री ।
ढ. जिल्ला काभ्रेपलान्चोक बेथानचोक घर भई हाल जिल्ला काठमाण्डौ चक्रपथ बस्ने बर्ष २९ को दावा लामा ।
ज्ञण्. जिल्ला सिन्धुली गोलन्चोर गा.पा. वडा नं.६ घर भई हाल जिल्ला भक्तपुर गठ्ठाघर बस्ने बर्ष २८ को खड्ग थापा ।
ज्ञज्ञ. देश भारत बड्गनिया घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं. ६ सूर्यविनायक बस्ने बर्ष ३६ को महन्त चौधरी ।
ज्ञद्द. जिल्ला सिन्धुपाल्चोक जुगल गा.पा. चडा नं. ५ घर भई हाल जिल्ला भक्तपुर कौशलटार बस्ने बर्ष ४५ को जित बहादुर बि.क ।
ज्ञघ. जिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गा.पा. वडा नं. ३ घर भई जिल्ला भक्तपुर मध्यपुर ठिमी राधेराधे बस्ने बर्ष ३६ को सिताराम बाँनिया ।