ठिमीमा मोटरसाइकल दुर्घटना परी एक टाफिकसहित दुईजना घाइते
साउन २१, २०८०, आइतबार | विहान ०५:०४ बजे | 45
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी न.पा ४ बागमती पेट्रोल पम्प नजिक नयाँ ठिमीबाट राधेराधेतर्फ जाँदै गरेको प्रदेश १– ०५ –००१ प ७८३१ नंम्बरको मो सा आफै अनियन्त्रित भई दुर्घटना भएको छ । आइतबार राति साढे दुई बजे राति भएको दुर्घटनामा परी घाइते हुनेहरुमा मोटरसाइकल चालक मोरङ सुन्दर हरैचा न.पा ११ वतन भइ जिल्ला प्रहरी कार्यलय झापा दरबन्दी भई हाल जिल्ला ट्राफिक परिसर भक्तपुर सल्लाघारीमा कार्यरत बर्ष २५ को प्रहरी.जवान नबराज घोरासैनी रहेका छन् । उनीको अवस्था बोल्न सक्ने, निधारमा काटीएको चोट, दुबै खुटामा धसारिएको चोट रहेको प्रहरीले जनाएको छ । उपचारमा प्र.स.ह योगेश वली संमलग्न रहेका छन् । साथै मो.सा. पछाडी सवार सुन्सरी इटहरी उ.म.न.पा ५ घर भई हाल का.जि काँडाघारी बस्ने बर्ष १८ को बिनायक ढकाल रहेका छन् । उनको अवस्था सामान्य रहेको छ । उनीहरुको उपचारको लागी मध्यपुर अस्पताल ठिमी लगेको थियो । उक्त स्थानमा प्र.ह रविराज मगरको ३ जनाको टोलि खटीगएको थियो । मो.सा ट्राफिक सल्लाघारीको नियन्त्रणमा रहेको छ । उक्त स्थान वृत्त ठिमीबाट अ २.५ कि मी दक्षिण पर्दछ ।