इनाचोमा आगलागी ः साढे दुई लाखको क्षति
साउन २०, २०८०, शनिबार | विहान ०२:०६ बजे | 20
भक्तपुर । भक्तपुरको इनाचोमा हिजो आगलागी भएको छ । आगलागीबाट साढे दुई लाखको सामानहरु नष्ट भएको जनाइएको छ ।
भक्तपुर नगरपालिका वडा नं ७ पतिंगल निवासी बसन्तराज शाक्यको घरमा दिउँंसो आगलागी भएको हो । घरमा चाँंदी जलाउँंदै गर्दा ग्यासको रेगुलेटर लिक भई आगलागी भएको बताइएको छ । आगलागीबाट शाक्य घाइते भएका थिए । दमकल र स्थानीयको सहयोगले आगलागी नियन्त्रणमा लिएको थियो ।