बालकोटमा करेण्ट लागेर ६१ वर्षीया डुलमायाको मृत्यु


साउन १९, २०८०, शुक्रबार | विहान ०८:१५ बजे | 25


बालकोटमा करेण्ट लागेर ६१ वर्षीया डुलमायाको मृत्यु

भक्तपुर । पानी ट्याङ्की नजिक शुक्रबार विहान लोकनाथ लुइटेलको घरमा डेरा गरी बस्ने काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका वडा नं। ५ स्थायी वतन भएकी बर्ष ६१ की डुलमाया गौतमले भुँई तलामा गई मेशिनबाट पानी तान्ने क्रममा एक्कासी करेन्ट लागि मृत्य भएको छ । करेन्ट लागेपछि गम्भिर घाइते भएको अबस्थामा रहेकोमा निजको छोरा सुमन गौतमले देखि तत्काल उपचारको लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पतालको चिकित्सकले उनको मृत्यु घोषणा गरेको थियो  घटनास्थलमा प्रहरी बृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य भएको जनाएको छ ।

Comments