घ्याम्पेडाडामा दुर्घटना ः नौ वर्षीया बालिकासहित चारजना घाइते ः कमलविनायकका रुपेश गम्भीर


साउन १८, २०८०, बिहीबार | दिउँसो ०१:४९ बजे | 25


घ्याम्पेडाडामा दुर्घटना ः नौ वर्षीया बालिकासहित चारजना घाइते ः कमलविनायकका रुपेश गम्भीर

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका घ्याम्पेडाडा जाने बाटोमा बिहीबार साँंझ दुर्घटना भएको छ । सूर्यविनायक नगरपालिका ८ गणेश मन्दिर नजिकै घ्याम्पेडाडा जाने बाटोमा घ्याम्पेडाडाबाट सूर्यविनायकतर्फ आउदै गरेको मोटरसाइकलले विपरित दिशातर्फ जाँंदै गरेको स्कुटर एक आपसमा ठोक्किएर चार जना घाइते भएका हुन् । 
प्रहरीको अनुसार बाग्मती प्रदेश –०२–०३० प ८१७५ नं को मोटरसाइकल विपरति दिशातर्फ जादै गरेको बाग्मती प्रदेश –०२–०२८ प ५३७७ नं को स्कुटर एक आपसमा ठक्कर खाई सवारी दुर्घटना भएको थियो । दुर्घटनाबाट मोटरसाइकल चालक भक्तपुर भक्तपुर न.पा.१० कमलविनायक बस्ने वर्ष ३४ को रुपेश रन्जितकार ( मा.प.से.) घाइते भएका छन् । उनी हाल बोल्न सक्ने, दाहिने खुट्टामा भित्री चोट, दाहिने आँखा माथि सुन्निएको र घाटी दुखेको, अवस्थाको मध्यममा रहेको जनाइएको छ । उनलाई साँंझ सात बजे भक्तपुर अस्पताल लगेको छ । उनलाई ट्रमा सेन्टर रिफर गरिएको छ ।
साथै त्यस मोटरसाइकल पछाडि सवारी दाङ भालुवाङ गा.पा.२ घर भई हाल दुवाकोट बस्ने वर्ष २३ की आयुष्मा शाही घाइते छिन् । उनी हाल बोल्न सक्ने, दाहिने खुट्टामा भित्री चोट र अवस्था सामान्य रहेको छ । उनलाई भक्तपुर अस्पताल लगिएको छ ।  
घटनामा परी स्कुटर चालक काभ्रे रोशी गा.पा.९ मंगलटार घर भई हाल घ्याम्पेडाडा बस्ने वर्ष २८ की रिता तामाङ (मा.प.से.नभएको) घाइते छिन् । हाल उनी बोल्न सक्ने, दाहिने आँखा माथी काटीएको, दाहिने खुट्टा र पन्जामा दछारिएको चोट छ । उनलाई जिल्लाकै मध्यपुर अस्पताल लगेको छ ।
स्कुटी पछाडी सवारी निजको छोरी सोही स्थान बस्ने वर्ष ९ की निसु लामा पनि घाइते छिन् । उनी बोल्न सक्ने, दाहिने गाला, बाया हात र बाया खुट्टामा भित्री चोटमा छिन् । उनको मध्यपुर अस्पताल लगेको छ ।  
उक्त स्थानमा वृत जगातीबाट प्र.स.नि.राजन वनमालाको ४ जना टोली खटि गएको थियो । दुवै सवारी साधन वृत जगातीको नियन्त्रणमा रहेका छन् । घटनास्थल वृत जगाती बाट ५ कि.मि.दक्षिण पर्दछ ।

Comments